"भाइरस बनाउने र मेटाउने एउटै कम्पनी? एण्टिभाइरस कम्पनीहरूको रहस्यमय चाल!"

📚 लेख: BIRU THAPA परिचय: आजको डिजिटल युगमा हाम्रा मोबाइल, ल्यापटप, र कम्प्युटरहरू सुरक्षित राख्न एण्टिभाइरस सफ्टवेयर अत्यावश्यक बनिसकेको छ। तर, एक चाखलाग्दो प्रश्न समाजमा पटक–पटक उठिरहन्छ – " के एण्टिभाइरस कम्पनीहरूले आफैं भाइरस बनाउँछन्? " यो प्रश्न सुनिनमा षड्यन्त्र सिद्धान्त जस्तो लाग्न सक्छ, तर जब हामी केही तथ्य, घटनाक्रम र बजारको गतिविधि हेर्छौं, तब यो दावीलाई गम्भीर रुपमा लिनुपर्ने अवस्था आउँछ। १. यो अफवाह कहाँबाट सुरु भयो? यो विचार पहिलो पटक 1990 को दशकतिर चर्चामा आयो जब केही एण्टिभाइरस कम्पनीहरूले हरेक महिना नयाँ भाइरसहरू पत्ता लगाएको दावी गर्न थाले। मानिसहरू सोच्न थाले – " यसरी दिनहुँ नयाँ भाइरस कहाँबाट आउँदैछन्? " के यो स्वाभाविक हो वा कसैले जानाजानी भाइरस बनाइरहेको छ? २. के यो व्यावसायिक रणनीति हो? अनेक सन्देहकर्ता र साइबर एक्सपर्टहरूले भनेका छन् कि – " Problem–Reaction–Solution " को रणनीति अपनाइएको छ। अर्थात्, पहिला समस्या सिर्जना गर (भाइरस), प्रयोगकर्तामा डर फैलाओ, अनि समाधान बेच (एण्टिभाइरस)। यसरी कम्पनीले आफ्ना ग्राहकहर...